काठमाडौं- चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेसँग ठूलो मतान्तर भएपछि नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले जितहार स्वभाविक प्रक्रिया भएको प्रतिक्रिया दिएका छन्।
मतगणनास्थलबाट पत्रकारसँग कुरा गर्दै न्यौपानले यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए। उनले सामाजिक सञ्जालमा पनि आफ्नो हार स्वीकार गरेका छन्। वैशाख १० गते भएको उपनिर्वाचनको अहिले मतगणना जारी छ। मतगणानामा रवि गन्न बाँकी मतभन्दा फरकमा रहेका छन्।
लामिछानेले ४३ हजार १०१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ९५२ मत ल्याएका छन्। कांग्रेसका श्रेष्ठ लामिछानेभन्दा ३५ हजार १४९ मतले पछाडि छन्।
यस्तै, नेकपा एमालेका उम्मेदवार न्यौपाने ७ हजार ७८७ मत ल्याएर तेस्रो स्थानमा छन्। उनी ३५ हजार मतले अग्रता कायम गरिरहेका छन्।
‘निर्वाचनमा जितहार स्वाभाविक प्रक्रिया हो, सहज रुपमा लिएको छु। जस्तोसुकै अप्ठ्यारो परे पनि जनताको सेवा र चितवनको विकास अनि समृद्धिका लागि लडिरहनेछु। सबैमा हार्दिक धन्यवाद,’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।