रवि लामिछाने (फाइल तस्बिर)
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन- २ उम्मेदवार रवि लामिछानेले जित सुनिश्चित भएपछि समर्थकप्रति आभार प्रकट गर्दै प्रतिक्रिया दिएका छन्। उनले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने संकेत गरेका छन्।
तनहुँ-१ बाट विजयी डा स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने पहल गर्ने विषयमा सोधिएको प्रश्नमा लामिछानेले योग्य रहेको बताउँदै सरकारबारे नसोचेको बताएका हुन्। उनले भने, ‘उहाँलाई बनाउनुपर्छ। योग्य व्यक्ति हो, तर सरकारबारे सोचेका छैनौं।’
उनले अबका ४ वर्ष रास्वपाले मेहनत गर्नुपर्ने बताए। उल्लास मनाउनुपर्ने भन्दा पनि सिक्ने र आत्मालोचना गरेर अघि बढ्ने बेला भएको लामिछानेको भनाइ छ।
उनले थपे, ‘हाम्रा कमी-कमजोरी छन्। कतिपय ठाउँमा अपरिपक्वता पनि देखिएको छ। त्यसैले अबका ४ वर्ष मेहनत गर्नुपर्नेछ।’
उनले आफूहरुलाई नभइ एउटा अभियानलाई जनताले भोट दिएको बताए। भ्रष्टाचार र वेथितिले आजित जनताले विकल्प खोजेको रुपमा यसलाई हेर्नुपर्ने उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।