काठमाडौं- वैशाख १० गते तीन वटा क्षेत्रमा सम्पन्न उपनिर्वाचनमध्ये एक क्षेत्रको नजिता सार्वजनिक भएको छ भने दुई क्षेत्रमा गणना जारी छ।
तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन्। उनले कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजारभन्दा बढीको मतान्तरले पराजित गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार तनहुँ- १ मा रास्वपाका वाग्लेले ३४४८० मत पाएका छन्। त्यस्तै, कांग्रेसका भट्टराईले २००९२ मत पाएका छन्। तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले ८५५५ मत पाए।
चितवन- २ मा रास्वपाकै रवि लामिछानेले फराकिलो मतान्तरसहित अग्रता कायमै राखिरहेका छन्। लामिछानले हालसम्म ३१७४८ मत पाइसकेका छन्।
लामिछानेका निकटतम प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ६३३६ मत पाएका छन्। त्यस्तै, एमालेका रामप्रसाद न्यौपानेले ५७८७ मत पाएका छन्। त्यहाँ मतगणना जारी छ।
बारा- २ मा जसपाका उपेन्द्र यादवको अग्रता कायमै छ। उनले अहिलेसम्म ८८८१ मत पाइसकेका छन्। उनका निकटतम प्रतिस्पर्धी शिवचन्द्र कुशवाहले ६१७९ मत पाएका छन्।
तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले ३५३८ र चौथो स्थानमा रहेका रास्वपाका रमेश खरेलले ११६७ मत पाएका छन्। त्यहाँ पनि मतगणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।