काठमाडौं- बारा- २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २११ मतको अग्रता बनाएका छन्। निकटतम प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहासँग उनले मतान्तर बढाएका हुन्।
यादवले १८ सय ७२ मत पाएका छन्। उनलाई कुशवाहाले १६६१ मत सहित पछ्याइरहेका छन्।
यसैगरी एमालेका पुरुषोत्तम पौडेलले ६ सय २९ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २६९ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।