काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णीम वाग्लेले १८ हजार मत कटाएका छन्। जम्मा ३६ हजार ५ सय ८८ मत गणना गर्दा उनले ५० प्रतिशतभन्दा बढी मत पाएका हुन्।
सदर मत ३५ हजार ९ सय ८ मध्ये वाग्लेले १८ हजार ६ सय ६३ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ११ हजार ११ मतसहित पछ्याइरहेका छन्। एमालेका सर्वेन्द्र खनाल ६ हजार १ सय मतसिहत तेस्रो नम्बरमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।