काठमाडौं- बारा-२ मा जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवले जनमतका शिवचन्द्र कुशवाहालाई फेरि उछिनेका छन्। करैयामाई नगरपालिका वडा १‚ २ र ३ को जम्मा ३ हजार ८१० मत गन्दा कुशवाहालाई यादवले ८९ मतले उछिनेका हुन्।
जसपाका यादवले १३९० मत प्राप्त गरेका छन्। यसैगरी जनमतका कुशवाहाले १३०१ मत प्राप्त गरेका छन्।
एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत पाएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेलले २५९ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले १२४ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।