काठमाडौं- तनहुँ- २ मा २४ वडाको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णीम वाग्लेले ८ हजारले अग्रता कायम गरेका छन्।
३५ हजार ३६ मत गणना हुँदा उनले १७ हजार ९ सय २ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १० हजार २ सय २८ मत पाएका छन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ८ सय ६७ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।