काठमाडौं- चितवन- २ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिइरहेका छन्।
अहिले इच्छाकामना गाउँपालिकाको मत गणना भइरहेको छ। सो गाउँपालिकाको वडा नम्बर १, २ र ३ को गणना सकिएको छ। ४ र ५ को गणना जारी छ।
यस्तो छ पछिल्लो अपडेटः
रवि लामिछाने/रास्वपा- २३३२
रामप्रसाद न्यौपाने/एमाले- १४२७
जितनारायण श्रेष्ठ/कांग्रेस- १०३१
मंसिर ४ को निर्वाचनमा यो गाउँपालिकामा लामिछानेले न्यून मत पाएका थिए। तर यसपटक त्यही क्षेत्रमा उनले अग्रता लिएका छन्।
मंसिर ४ को निर्वाचनमा चितवन- २ बाट लामिछाने नै विजयी भएका थिए। तर नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलापछि उनले पद गुमाएका थिए।
यस्तै, बारा- २ जनमत पार्टीका शिवचन्द्र कुशवाह र तनहुँ- १ रास्वपाकै स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।