काठमाडौं- चितवन- २ को मत गणना जारी छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायम राखेका छन्।
इच्छाकामना गाउँपालिका वडा नम्बर १, २ र ३ को मतगणना सकिएको छ। वडा नम्बर ४ र ५ को गणना जारी छ। पछिल्लो मतअपडेट यसप्रकार छः
रवि लामिछाने/रास्वपा- १४९२
रामप्रसाद न्यौपाने/एमाले- ११३३
जीतनारायण श्रेष्ठ/कांग्रेस- ७९५
मंसिर ४ को निर्वाचनमा यो गाउँपालिकामा लामिछानेले न्यून मत पाएका थिए। तर यसपटक त्यही क्षेत्रमा उनले अग्रता लिएका छन्।
मंसिर ४ को निर्वाचनमा चितवन- २ बाट लामिछाने नै विजयी भएका थिए। तर नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलापछि उनले पद गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।