काठमाडौं- बारा- २ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)ले वडाअध्यक्ष जितेकै ठाउँमा जनमत पार्टीले अग्रता लिएको छ।
करैयामाई गाउँपलिका वडा नं १ बुथ क र ख को अन्तिम मत परिणाम आउँदा शिवचन्द्र कुशवाहा (जनमत पार्टी)ले ६२८ मत पाएका छन्। यसैगरी सत्ता गठबन्धनका तर्फबाट जसपाका उपेन्द्र यादवले ५७१ मत पाएका छन्। जबकी सत्ता गठबन्धनमा रहेका दलहरुका वडाध्यक्षको मत गन्दा १३५६ मत पुग्छ।
नेकपा एमालेले पनि स्थानीय तहको भन्दा मत बढाएको छ। पुरूषोत्तम पौडेल (नेकपा एमाले)ले ५१० मत पाएका छन्। स्थानीय तहको निर्वाचन राम एकवाल चौधरीले जम्मा १४६ मत पाएका थिए।
यसैगरी रमेश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी) २३६ मत र अरूण ज्ञवाली (आम जनता पार्टी)ले ७६ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।