काठमाडौं- बारा- २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई उछिन्दै जनमत पार्टीका शिवचन्द्र कुशवाहा अगाडि लागेका छन्। कुशवाहा ६ सय १ मत प्राप्त गर्दै यादवभन्दा अघि लागेका हुन्।
हालसम्म २ हजार ८० मत गणना हुँदा जसपा अध्यक्ष यादव ५७१ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ सय १० मत प्राप्त गरी तेस्रो स्थान कायम गरेका छन्। बारा- २ को प्रारम्भिक गणनामा जसपाका यादव अग्रस्थानमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।