काठमाडौं- चितवन- २ को मत गणना जारी छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फराकिलो अग्रता लिएका छन्।
इच्छाकामना गाउँपालिकाको २४९२ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। यस्तो छ पछिल्लो मत परिणामः
रवि लामिछाने/रास्वपा- ११५५
रामप्रसाद न्यौपाने/एमाले- ६६५
जीतनारायण श्रेष्ठ/कांग्रेस- ५८८
मंसिर ४ को निर्वाचनमा यो गाउँपालिकामा लामिछानेले न्यून मत पाएका थिए। तर यसपटक त्यही क्षेत्रमा उनले अग्रता लिएका छन्।
मंसिर ४ को निर्वाचनमा चितवन- २ बाट लामिछाने नै विजयी भएका थिए। तर नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलापछि उनले पद गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।