काठमाडौं- बारा- २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायम राखेका छन्। करैयामाई नगरपालिका १ मा उपेन्द्रले ४ सय ५४ मतसहित अग्रता लिइरहेका छन्।
सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहले उनलाई पछ्याइरहेका छन्। कुशवाहाले ३६० मत प्राप्त गरेका छन्।
एमालेका पुरुषोत्तम पौडेलले ३१७ मत पाएका छन् भने रास्वापाका रमेश खरेलले १६९ मत पाएका छन्। स्थानीय तहको निर्वाचनमा उक्त वडामा जसपाले जितेको छ भने सत्ता गठबन्धनकै नेपाली कांग्रेस प्रतिस्पर्धामा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।