काठमाडौं- बारा- २ को प्रारम्भिक मतगणना सार्वजनिक भएको छ। प्रारम्भिक गणनामा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन्।
उनले २२४ मत पाएका छन्। यसैगरी जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७० मत पाएका छन्।
एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् भने रास्वापाका रमेश खरेलले ८० मत पाएका छन्।
करैयामाइ नगरपालिका १ बाट गणना सुरु भएको हो। स्थानीय तहको निर्वाचनमा उक्त क्षेत्रमा जसपाले जितेको छ भने सत्ता गठबन्धनकै नेपाली कांग्रेस प्रतिष्पर्धा थियो। जनमत पार्टीले भने जम्मा १० मत ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।