काठमाडौं- निर्वाचन आयोगले तनहुँ- १ मा ४० प्रतिशत मतगणना भएको दाबी गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्माका अनुसार ६० प्रतिशत मत गणना गर्न बाँकी रहेको र निर्वाचन कार्यालयले उक्त क्षेत्रमा भोलिसम्म गणना सक्ने तयारी गरेको छ।
त्यस्तै बारा- २ मा पनि मतगणना सुरु भएको छ। चितवनमा भने १ बजेपछि गणना हुने उनले बताए।
वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णीम वाग्लेले अग्रता कायम गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।