काठमाडौं– प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायम छ। वाग्लेलाई नेपाली कांग्रेसका गोविन्द भट्टराई र नेकपा एमालेका सर्वेन्द्र खनालले पछ्याइरहेका छन्।
देवघाट गाउँपालिकाका वडाहरुको मत गन्न सुरु गरिएको छ। देवघाट–३ मा ६४३ मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ।
नेपाली कांग्रेसका उम्मेदबार गोविन्द भट्टराईले ३२२ मत पाएका छन्। त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णीम वाग्लेले २४९ मत पाएका छन्। नेकपा एमालेका सर्वेन्द्र खनाल ५४ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।