काठमाडौं- सर्वाधिक चासो रहेको चितवन- २ उपनिर्वाचनको मतगणना १ बजेबाट हुने भएको छ। यो क्षेत्रबाट रास्वपाका सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन्। उनीसँगै एमालेबाट रामप्रसाद न्यौपाने र कांग्रेसका जितनारायण श्रेष्ठ मैदानमा छन्।
सोमबार बिहान बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना गर्ने सहमति गरेको हो। यसअघि आइतबार रातिबाटै मतगणना प्रारम्भ गर्ने तयारी रहे पनि सर्वदलीय बैठक बस्न नसकेपछि सोमबार पनि ढिला गरी मतगणना गर्ने सहमति जुटेको हो।
मंसिर ४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित लामिछाने नागरिकता प्रकरणमा सर्वोच्चको एक फैसलाले पदमुक्त हुन पुगेपछि यो क्षेत्र रिक्त हुन पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।