काठमाडौं- तनहुँ-१ उपनिर्वाचन अन्तर्गत देवघाट- १ मा एमालेले अग्रता लिएको छ। सुरुदेखि नै प्राय: वडामा अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णीम वाग्ले यो वडामा तेस्रो नम्बरमा छन्।
देवघाट-१ मा खसेको जम्मा मत ११३८ मा एमालेका सर्वेन्द्र खनालले ४ सय ९४ मत पाएका छन्। त्यसपछि गोविन्द भट्टराईले ३ सय ३३ मत र वाग्लेले जम्मा २७८ मत पाएका छन्।
यसअघि गणना भएका सबै वडामा वाग्लेको अग्रता छ। १६ वडाको २२ हजार ३५८ मतगणना सकिँदा वाग्लेले ११ हजार ४२८, भट्टराईले ६ हजार ४६५ र खनालले ३७४८ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।