काठमाडौं- नेपाली कांग्रेससँग असन्तुष्ट रहँदै आएका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको वडाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णीम वाग्लेलाई करिब ६० प्रतिशत मत गएको छ।
भानु नगरपालिको ११ नम्बर बडाबाट २ हजार १४ मत खसेको थियो। उक्त वडामा वाग्लेको घन्टी चिह्नमा १२ सय २ मत खसेको छ। नेपाली कांग्रेसको बलियो संगठन भएको उक्त क्षेत्रमा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले ५९३ मत पाएका छन्। त्यस्तै एमालेका सर्वेन्द्र खनालले १८३ मत मात्र पाएका छन्।
जोशीलाई फकाउन नेपाली कांग्रेसले अन्तिम समयमा उनको कारबाही फुकुवा गरेको थियो। तर उनले अस्वीकार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।