काठमाडौं- स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेका अधिकांश वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णीम वाग्लेले फराकिलो अन्तरले अग्रता लिएका छन्। हाल गणना भएकामध्ये ७ वटा वडामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको थियो।
गणना भएकामध्ये आँबुखैरेनी ३ र ४ भानु नरपापलिका ३, ४, ७, ८ र १० वडामा कांग्रेसले जितेको थियो। सत्ता गठबन्धन अन्तर्गतकै माओवादी केन्द्रले जितेका वडामा समेत रास्वपाले फराकिलो मतअन्तर बनाएको छ।
गणना भएकामा आँबुखैरेनी गाउँपालिका १, २ र ५ वडामा माओवादी केन्द्रले जितेको थियो। गणना भएका वडाहरुमा नेकपा एमालेले आँबुखैरेनी ६ जितेको थियो। त्यहाँ पनि स्वर्णीम नै अगाडी छन्। भानु नगरपालिका ११ मा स्वतन्त्रले जितेको थियो। त्यहाँ पनि वाग्लेले नै अग्रता लिएका छन्।
सत्ता गठबन्धनकै गढ मानिएको क्षेत्रमा वाग्ले अघि लागेका छन्। निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले अघि रहेका उनको जित सुनिश्चित जस्तो देखिन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।