काठमाडौं- तनहुँ- १ उपनिर्वाचनको मतगणना जारी छ। अहिलेसम्म १९ हजार ७ सय ९९ मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णीम वाग्ले फराकिलो अन्तरले अग्रस्थानमा छन्।
ताजा परिणाम अनुसार रास्वपाका वाग्लेले १० हजार ५ सय ३७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराई ५ हजार ३ सय ३६ मतसहित दोस्रो स्थानमा छन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ३ हजार २ सय ९१ मत प्राप्त गरी तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।