काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् गगन थापाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र रहेको बताएका छन्। लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले यसको सुदृढीकरणमा लाग्नुपर्ने बताएका हुन्।
आफ्नो सन्देशमा थापाले भनेका छन्, ‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो। हामी सबैलाई लोकतन्त्रको सुदृढीकरणमा लाग्ने प्रेरणा मिलोस्।’
लोकतान्त्रिक व्यवस्था राज्य सञ्चालनका व्यवस्थाहरू मध्यको उत्कृष्ट व्यवस्था रहेकोमा उनले जोड दिएका छन्। ‘लोकतन्त्र छ र त यो स्वतन्त्रता छ, लोकतन्त्र छ र त हामी छौँ,’ थापाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।