काठमाडौं- तनहुँ- १ मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले फराकिलो अग्रता लिएका छन्।
पछिल्लो मतगणना अनुसार वाग्लेले ४३०३ मत पाएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका गोविन्द भट्टराईले १९३३ मत मात्रै पाएका छन्। एमालेका सर्वेन्द्र खनालले ११५८ मत पाएका छन्।
सर्वदलीय बैठकपछि आइतबार रातिदेखि नै मतगणना सुरु गरिएको थियो।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा यस क्षेत्रबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। तर उनी राष्ट्रपति भएसँगै वैशाख १० मा उपनिर्वाचन गरिएको हो।
चितवन- २ र बारा- २ मा गरिएको उपनिर्वाचनको मतगणना भने सुरु भएको छैन। त्यहाँ सोमबारदेखि मतगणना गर्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।