काठमाडौं- तनहुँ- १ को मतगणना सुरु भएको छ। भानु नगरपालिका वडा नम्बर १० बाट मतगणना सुरु भएको हो ।
सर्वदलीय बैठकमा सहमति भएको केही समय ढिलोगरी मतगणना सुरु भएको छ।
मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ। तनहुँ- १का ६९ मतदान स्थलका १५२ मतदान केन्द्रबाट दमौली ल्याएर गणना थालिएको हो।
आइतबार भएको उपनिर्वाचनमा मंसिर ४ को भन्दा कम करिब ५२ प्रतिशत मत खसेको छ।
सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, रास्वपाका डा स्वर्णिम वाग्ले र एमाले सर्वेन्द्र खनालबीच प्रतिष्पर्धा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।