काठमाडौं– कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ।
वैशाख १ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको आइतबार बिहान मृत्यु भएको हो।
वडाध्यक्ष अधिकारीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर उपचारको क्रममा मृत्यु भएको कीर्तिपुर वृत्तका डीएसपी राजु लामाले जानकारी दिए।
वैशाख १ गते चम्पादेवी मन्दिर सरसफाइमा गएर फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए। ओरालोमा ब्रेकफेल भएपछि उनी दुर्घटनामा परेका थिए।
त्यसयता उपचाररत उनको मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।