काठमाडौं– चितवन–२ मा भइरहेको उपनिर्वाचनमा हालसम्म शान्तिपूर्ण रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको छ।
सहायक मतदान अधिकृत ईश्वरी आचार्यले बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको र मतदानमा जनताको उत्साह देखिएको बताए।
उनका अनुसार बिहान ८ बजेदेखि चितवनमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। मतदानका लागि मानिसहरु लाइनमा उभिएको र पाँच बजेसम्म सबै बूथहरुबाट मतदान हुने उनले बताए।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ र नेकपा एमालेबाट रामप्रसाद न्यौपानेले प्रतिस्पर्धा गरिरहेका छन्।
उक्त क्षेत्रमा मंसिर ४ गते लामिछाने विजयी भएका थिए। सर्वोच्च अदालतले नागरिकता विवादमा उनको सांसद पद खारेज गरेपछि उप निर्वाचन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।