काठमाडौं- कम्युनिस्ट नेता मुकुन्द न्यौपाने एमालेकै फर्किएका छन्। शनिबार एमालेको पार्टी कार्यालय च्यासमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले उनलाई एमालेमा स्वागत गरेका हुन्।
एमाले विभाजन गरेर न्यौपाने सहितका नेताहरुले २०७८ भदौमा नेकपा एकीकृत समाजवादी गठन गरेका थिए। तर, उनले गत चैत २५ गते पत्रकार सम्मेलन आयोजना गरेर एकीकृत समाजवादी त्याग गरेको घोषणा गरेका थिए।
पत्रकार सम्मेलनमा उनले ‘भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्त्वपूर्ण कुरा हो’ भनेका थिए। साथै, एमालेको प्रशंसा गरेका थिए। उनले एकीकृत समाजवादीका अन्य नेताहरु पनि एमाले प्रवेश गर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।