फाइल तस्बिर
काठमाडौं– उपप्रधान एवं गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीहरुमा वैचारिक सांस्कृतिक समस्या बढ्दै गएको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विचार धारात्मक सांस्कृतिक समस्या कम्युनिष्ट पार्टीहरुमा बढेको बताए।
उनले वैचारिक सांस्कृतिक संकटलाई समाधान गर्न ठूलो वैचारिक सांस्कृतिक रुपान्तरण महाअभियान सुरु गर्नुपर्ने बताए। उनले हरेक पार्टीले आफूभित्र र सिंगो नेपाली कम्युनिष्ट आन्दोलन भित्र ठूलो वैचारिक सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरेर मात्रै तात्कालिक रुपमा समृद्धिको लक्ष्य र रणनीतिक रुपमा समाजवादको लक्ष्य पूरा हुने बताए।
गृहमन्त्री श्रेष्ठले समृद्धिको लक्ष्य र रणनीतिक रुपमा समाजवादको लक्ष्य पूरा गर्नेगरी नेतृत्व प्रदान गर्न सक्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।