काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले रुससँगको सम्बन्धलाई विशेष महत्व दिँदै आएको बताएका छन्। रुसको औपचारिक भ्रमणमा रहेका तिमिल्सिनाले रुसी अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानमा विद्यार्थीहरुलाई सम्बोधन गर्दै नेपालले रुससँग सम्बन्धलाई उत्कृष्ट तरिकाले महत्व दिँदै आएको बताएका हुन्।
‘हामी रुससँगको सम्बन्धलाई उत्कृष्ट तरिकाले महत्व दिन्छौं। विकासोन्मुख देशका रुपमा नेपालका लागि रुससँगको सम्बन्ध सुदृढ गर्ने ठूलो अवसर छ,’ उनले भने। अध्यक्ष तिमिल्सिनाले छिमेकी चीन र भारतले हालै रुससँग आफ्नो व्यापारको मात्रा बढाएका चर्चा गर्दै नेपाल र रुसबीचको ब्यापार र रुसबाट नेपाल आउने पर्यटकको संख्या बढाउने उपायहरु पनि खोज्ने आसा व्यक्त गरे।
नेपाल र रुस दुई देशले कूटनीतिक सम्बन्ध स्थापना गर्ने ऐतिहासिक काम भएपछि दुई देशका बीच धेरै उच्च आदान–प्रदान भएको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले सोभियत संघले नेपाललाई अस्पताल, सडक, जलविद्युत आयोजना र कारखाना निर्माणमा सहयोग गरेकोमा धन्यवाद पनि दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।