काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरुलाई आफूले उपलब्ध गराउनुपर्ने छात्रवृत्ति नियमसंगत रुपमा उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन्।
छात्रवृत्तिसँग सम्बन्धित सम्पूर्ण जानकारी विद्यालयको वेबसाइट तथा सूचनापाटीमा टाँस गरी अभिभावक र विद्यार्थीहरुलाई सूचित गराउन पनि उनले सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन्।
नियमको पालना गर्न/गराउन सम्बन्धित विद्यालय, अभिभावक तथा सरोकारवालालाई अनुरोध गर्दै उनले नियम संगत छात्रवृत्ति उपलब्ध नगराएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएका छन्।
उनले काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४, ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने बताएका छन्। जसअन्तर्गत प्रत्येक कक्षामा प्रथम, द्वितीय हुने, जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपांग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र शहीद परवारका विद्यार्थी पर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।