काठमाडौं- सत्ता समीकरण बदलिएपछि अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनका लागि शनिबार दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ।
गत १० चैतमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारी अल्पमतमा परेका हुन्। उनी माओवादी केन्द्र, राप्रपा र एमालेको समर्थनमा गण्डकीका मुख्यमन्त्री बनेका थिए।
६० सदस्यीय प्रदेश सभाबाट विश्वासको मत पाउन मुख्यमन्त्री अधिकारीलाई ३१ जना सांसदको समर्थन चाहिन्छ। तर उनलाई अहिले एमालेका २२ र राप्रपाका दुई गरी २४ सांसदको मात्रै समर्थन छ।
गण्डकी प्रदेशमा कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका एक सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।