काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राप्त अवसरलाई सदुपयोग गर्दै परिणाम दिने गरी जनताका काम गर्न कांग्रेसका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री थापाले भने, ‘अब कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो पुरानो कार्यशैली त्यागेर नयाँ तरिकाबाट जनताका काम गर्नुपर्छ।’
थापाले भने, ’लोकतन्त्र र प्रजातन्त्रमा विश्वास राख्ने पार्टी नेपाली कांग्रेसका कार्यकर्तामा विसं २०४८ को निर्वाचनमा जसरी उत्साह बढेको थि,यो पछिल्ला चुनावमा त्यस्तो उत्साह हराउँदै गएकाले आम नेता तथा कार्यकर्तामा पार्टीले जागरण ल्याउन आवश्यक छ। लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएकाले आमजनताको भरोसा कांग्रेसप्रति नै रहेको छ।‘
प्रदेश सरकार बनाउँदै गर्दा आम कांग्रेसका नेता तथा कार्यकर्तामा उत्साह र खुसी देखिएको बताउँदै उनले कांग्रेसले आमकार्यकर्तामाझ पुगेर उनीहरूका समस्या बुझ्नुपर्ने उल्लेख गरे।
‘कांग्रेस सरकारमा भएका बेला पार्टी विस्तार र आफूले गरेको कामको प्रचार गर्ने अवसर पनि यही हो’, महामन्त्री थापाले भने। पार्टीभित्र पनि नयाँपुस्तालाई अवसर दिएर पार्टी अगाडि बढाउन जरुरी भएको उनको भनाइ छ।
पार्टीका सबै भ्रातृ सङ्गठनको निर्वाचन सम्पन्न गरी सङ्गठनलाई छिट्टै पूर्णता दिँदै कांग्रेस सक्रिय रूपमा आफ्नो सङ्गठन विस्तार गर्न नगरदेखि गाउँका वडासम्म पुग्ने तयारीमा जुटेको थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।