• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीले संसदीय समिति गठनको अडान कायम राख्दा  प्रचण्डलाई अप्ठ्यारो

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ८, २०८०  १५:१७
1140x725

काठमाडौं- संसदीय समिति गठन, प्रधानन्यायाधीश नियुक्ति र विचाराधीन विधेयक पास गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अडान लिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अप्ठ्यारो परेको छ। यसअघि मुख्य दलका शीर्ष नेताहरुबीच भएको सामुहिक छलफलबाट सहमति नजुटेपछि प्रचण्डले शुक्रबार एक्लै ओलीलाई भेटेका थिए। 

शुक्रबार प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन र तीन वटा विधेयक पास गर्ने कार्यमा सघाउन आग्रह गरेका थिए। जवाफमा ‌ओली नियुक्ति प्रक्रिया अघि बढाउन र विधेयक पास गर्न संसदीय समितिको आवश्यकता रहेको दोहोर्‍याएका छन्। 

संसदीय समिति बन्न समय लाग्ने भएकाले जरुरी रहेका विधेयकहरु पास गर्दै अघि बढ्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताएका थिए। बैठकमा प्रचण्डले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग संशोधन विधेयकलाई 'फास्ट ट्र्याक' विधिबाट पारित गर्ने विषय दोहोर्‍याएका हुन्। संक्रमणकालीन न्यायको प्रक्रिया छिटो टुंग्याउनुपर्ने भएकाले समिति गठन कुर्न नहुने सत्तापक्षले यसअघिका बैठकमा समेत बताएको थियो।

एमालेले पीडित, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय कानुन विपरीत जान नसकिने बताउँदै आएको छ। शुक्रबार विधेयकहरुलाई समितिको बाटो हुँदै अघि बढाउनुपर्नेतर्फ ओलीले जोड दिएका छन्। 

अदालतमा मुद्दा समेत दायर हुन थालेपछि संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई चाँडो कानुनी रुप दिने प्रयासमा प्रचण्ड छन्। सम्पत्ति शुद्धीकरणको कानुन नहुँदा नेपाल कालो सूचीमा पर्ने जोखिममा रहेकाले विधेयक चाँडो पास गर्ने सत्तापक्ष सक्रिय छ। 

शुक्रबारको भेटमा प्रधानमन्त्री प्रचण्डले यिनै विषयमा एमालेको सहयोग खोजेको प्रमुख सचेतक पदमकुमार गिरीले जानकारी दिए। उनले भने, 'प्रधानमन्त्री प्रचण्डले संसदीय समितिको गठन, प्रधानन्यायाधीको नियुक्ति र विचाराधीन विधेयकका विषयमा एमालेको सहयोग माग्नुभएको थियो। हामीले नियमअनुसार अघि बढ्दा अवरोध नहुने बताएका छौं।'

गिरीका अनुसार जवाफमा ओलीले संसदीय समिति गठनलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। प्रधानन्यायाधीश नियुक्तिका लागि पनि संसदीय सुनुवाइ समिति चाहिने बताउँदै यथाशक्य समितिहरु गठन गरेर संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा ओलीको जोड थियो।

यसअघिका बैठकमा पनि एमालेले 'मिनी संसद्'  भनिने संसदीय समितिको गठन गरेर प्रतिनिधि सभाको काम प्रभावकारी बनाउनुपर्ने बताएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

संसद् सचिवालयले संसदीय समिति अनुसार सांसद्को नाम सिफारिस गर्न दलहरुलाई भनेको छ। साना दलहरुले त्यसअनुसारको नामसूची पठाइसकेका छन्। तर ठूला दलहरुले भने अझै नाम नपठाएको संसद् सचिवालयले जनाएको छ। 

ठूला दलले संसदीय समितिमा नाम पठाउन ढिलाइ गर्नुमा भागबन्डा नमिल्नु रहेको छ। शीर्ष नेताहरुको यसअघिका बैठकमा सत्तापक्षले भागबन्डा मिलाउन समय लाग्ने भएकाले अन्य प्रक्रिया अघि बढाउँदै गर्नुपर्ने आवश्यकता रहेको एमालेलाई बताएको थियो। शुक्रबारको बैठकमा पनि प्रचण्डले त्यही दोहोर्‍याएका छन्। 

समिति गठनका विषयसमा समेत प्रचण्डले एमालेको लचकता खोजेका छन्। विशेषगरी संसदीय सुनुवाइ समितिको सदस्यमा एमालेले नियमअनुसार प्राप्त गर्नेभन्दा कम लिन आग्रह प्रचण्डले गरेका थिए। एमालेले भने सत्तापक्षमा रहेको समस्या त्यहीँ मिलाउन भनेको छ। 

सत्तापक्षले संसदीय समिति सभापतिको भागबण्डामा छलफल नै सुरु गरेको छैन। प्रतिनिधि सभामा १० वटा एकल समिति छन्। त्यस्तै दुई वटा संयुक्त समिति छन्। तीमध्ये लेखा समितिको सभापति प्रतिपक्षको हुने परम्परा रहेको छ। सहमतिबाट समाधान खोज्दा थप केही समितिको नेतृत्व समेत एमालेले दाबी गरेको छ। 

Xtrem

Xtrem

यसैगरी सरकारले १५ महिनादेखि सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त गर्न सकेको छैन। कामुका भरुमा सर्वोच्च चलेको बताउँदै उपयुक्त पात्रलाई नियुक्तिका लागि सर्वसहमतिबाट सिफारिस गर्दै गर्नुपर्ने प्रचण्डले दोहोर्‍याइरहेका छन्। एमाले अध्यक्ष ओलीले पनि यसअघिकै कुरा दोहोर्‍याएका छन्, 'नियुक्त गर्न संसदीय सुनुवाइ हुनुपर्छ। त्यसका लागि संसदीय सुनुवाइ गठन प्रक्रिया थालौं।'

प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने सबै दलसत्ता गठबन्धनभित्र छैनन्। केही दलले त्यसपछि सरकार छाडेका छन् भने उपनिर्वाचनमा समेत आफ्नै उम्मेदवार उठाएका छन्।

वैशाख १० को उपनिर्वाचनपछि मात्रै सत्ता गठबन्धनले बाँकी विषयमा छलफल गर्नेछ। 
समितिको नेतृत्व भागबन्डा समेत पेचिलो बन्ने सम्भावना छ। समिति गठन हुँदा पनि सरकारले फास्ट ट्र्याकबाट अघि बढाउन चाहेका तिन वटै विधेयक समितिमा पठाउनुपर्ने दबाब बढ्नेछ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ती विधेयकमा संसदीय समितिले दफावार छलफल गरेर पास गर्नुपर्ने कुरामा अडिग छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
सम्बन्धित सामग्री
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत प्रधानमन्त्री शाहलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्