काठमाडौं– सुन तस्करीको आरोपमा प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ।
धनुषा जनकपुर नगरपालिका–२३ घर भएका शैलेन्द्र कुमार महतोलाई भन्सार छली अवैध रुपमा ल्याएको १ सय ग्रामको सुनको बाला २ थान सहित बुधबार प्रहरीले पक्राउ गरेको हो।
विमानस्थलको आगमन पार्किङ एरियामा विदेशबाट आएका यात्रुहरुबाट सुन संलकन गरी लैजान लागेको अवस्थामा उनी पक्राउ परेका हुन्। उनलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ।
बरामद सुनको मूल्य करिब ५ लाख रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।