• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
कविता

नथ्थी

64x64
आर्यश शर्मा घिमिरे शनिबार, वैशाख ९, २०८०  १३:०४
1140x725

मन्जरी!
तिमीले काँडैकाँडाको पहाड देखाएर 
तर्साउनु पर्दैन मलाई- यो नजाला भनेर
तिमीले मृत आरोहीहरूको कहानी सुनाएर 
तर्साउनु पर्दैन मलाई - यसले सगरमाथा नचढोस् भनेर 

तिमीले बाघभालुको कथा सुनाएर 
तर्साउनु पर्दैन मलाई- यसले जंगलको बाटो नहिँडोस् भनेर 

मैले रोजेको विद्रोहको युगीन यात्रा 
अत्यन्तै दुःखपूर्ण हुनेछ भन्ने मलाई साह्रै थाहा छ 
कुनै सेनाले मारेर लैजान लागेको होइन मलाई 
न त! वीर साबित हुन नै मैले यो 
एम्बुस थापेको बाटो रोजेको हुँ 

तिमीलाई 
आफ्नो सिउँदो  रङ्गाउने चोखो रहर छ 
आफ्नो अङ्गालोले मलाई निर्बन्ध बाँध्ने रहर छ 
तिमीलाई 
चीसो हावामा निर्धक्क सास फेर्ने रहर छ 
एउटा चोखो फूलले सिङ्गै जुरो सिङ्गार्ने रहर छ 

मन्जरी!
उनीहरूले सिम्रिकमा बालुवा मिसाएका छन् 
जसलाइ छान्न मैले नयाँ अर्को चाल्नो बनाउनु छ 
अथवा बालुवालाई पखालेर रगतले 
चोखो सिम्रिक बनाउनु छ 
उनीहरूले अठ्याएका  छन् मलाई 
अदृश्य फलामका हातहरूले 
जसलाइ चकनाचुर नपारी 
तिमी- मलाई कसरी अँगाल्छ्यौ? 

उनीहरूले ठूलो पर्खालभित्र
नथ्थी लगाएर हावालाई थुनेका छन्
जसलाई नभत्काए तिमी कसरी सास फेर्छ्यौ?

उनीहरूले एउटा बडेमानको बाकसभित्र 
ताला लगाएर इतिहासका फेहरिस्त लुकाएका छन्
जसलाई  मैले हथौडाले नफोडेसम्म 
तिमी कसरी चिन्न सक्दछौ र  समयको कुरुप आयामलाई? 

उनीहरूले बोतलभित्र सत्यलाई कैद गरेका छन्
जसलाई नफुटाएसम्म मैले स्वविवेकले 
तिमी कसरी जान्दछौ र विमोक्षको परिभाषा?

Ncell 2
Ncell 2

उनीहरूका बिटुला हातले 
सारा फूलहरुलाई मैल्याएका छन् 
जसलाई मैले पसिनाले नपखाले 
तिमी कसरी आफ्नो जुरो सिङ्गार्छ्यौ?

यी शहरका सारा तराजुहरूको 
हत्यारा हाँसोले मेरो कान फुटदैछ 
यी शहरका सारा महलहरूको चेपाइले 
मेरो हात-गोडा-नङ्रा चिरा परेको छ 
यी शहरका सारा बुख्याँचा तानाशाहहरुको हेपाइले 
मेरो दिमागमा किरा परेको छ 
यी पर्खालभित्रका बगैंचाका लहराहरूले 
मेरो आन्द्रा अठ्याएका छन् बटारिएर 
यी बिरामी अस्पतालहरूमा 
कम्पाउन्डरले कैँची खेलाएको दृश्य हेर्दाहेर्दै 
आँखाहरू थाकिसकेका छन्  मन्जरी!

अझै पनि तिमी मलाई
काँतर बन्न सिकाउँछ्यौ भने 
त्यो मलाई स्वीकार हुने छैन 
हाम्रो प्रेम र भविष्यको चिन्ताले 
टाउकोमाथि हात राखेर
नजा भनी कसम खुवाछ्यौ भने 
त्यो पनि मलाई मन्जुर हुने छैन 

म यो  मेरो अज्ञात यात्रामा 
हर एक सेकेन्ड तिमीलाइ सम्झिरहनेछु दुर भए पनि 
म  त तिम्रो रहर र मेरो संकल्प
दुई हिमालको  बीचबाट बग्ने महाकाली हुँ 
जसलाई कसैले छेक्न सक्दैन 
मन्जरी!

ती सारा नथ्थी चुँडालेर  
तिम्रो सिङ्गो जुरो शृङ्गार्ने 
एउटा चोखो फूल टिपेर आउन मलाई 
अब तिम्रा अश्रुका बुँदहरूले पनि रोक्न सक्दैन।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
आर्यश शर्मा घिमिरे
लेखकबाट थप
नथ्थी
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्