• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपनिर्वाचनमा प्रतिष्ठाको लडाइँमा सत्तागठबन्धन, प्रधानमन्त्रीले बाँडे आश्वासन

64x64
नवीन झा बिहीबार, वैशाख ७, २०८०  १९:५०
1140x725

काठमाडौं- तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन तीन दिन बाँकी छ। वैशाख १० मा हुने चितवन-२ बारा-२ र तनहुँ-१ को निर्वाचन सत्ता गठबन्धनका लागि प्रतिष्ठाको सवाल बनेको छ।

चितवन-२ यसअघि पनि गुमाएकै क्षेत्र भएका कारण सत्ता गठबन्धनका शीर्ष नेताहरुले बल त लगाएका छन् तर बारा-२ र तनहुँ- १ जति  जोड गरेका छैनन्। अन्य दुई निर्वाचन क्षेत्रमा भने प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफैं पनि सक्रिय छन्। दोस्रो तहका नेताहरु भने चुनाव घोषणादेखि नै फिल्डमा उत्रिएका छन्।

तीनवटै निर्वाचन क्षेत्रको प्रारम्भिक माहोल हेर्दा सत्ता पक्षका लागि अनुकुल छैन। चितवन-२ मा  र तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती दिइरहेको छ भने बारा-२ जनमत पार्टी अबरोधक बन्ने सम्भावना बलियो बन्दै गइरहेको छ।

सत्ता गठबन्धनमा दुई ठूला पार्टी कांग्रेस र माओवादीका साथै तीन अन्य दलहरु एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेर उम्मेदवार बनाएका छन्। त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, जसपा र रास्वपाले आ-आफ्नै उम्मेदवार मैदानमा उतारेका छन्।

मंसिर ४ मा दलहरुले प्राप्त गरेको मतको योगफल निकाल्दा चितवन-२ बाहेकका क्षेत्रमा सत्ता गठबन्धन भारी मतले अन्य दलका उम्मेदवार भन्दा अघि हुनुपर्ने देखिन्छ। तर, संकेत त्यस्तो देखिरहेको छैन। तिनवटै निर्वाचन क्षेत्रमा नयाँ दल रास्वपा र जनमत पार्टीले सत्ता गठबन्धनले पाएको मतको योगफलको यसपल्ट फल प्राप्त नहुनेतर्फ माहोल बनाइरहेका छन्।

दोहोर्‍याएर चुनाव लड्दै दुई पार्टी प्रमुख
नागरिकता विवादमा अदालतले सांसद पद खारेज गरेपछि रास्वपा सभापति रवि लामिछाने चितवन-२ मा दोहोर्‍याएर उम्मेदवार बनेका छन्। मंसिर-४ को निर्वाचनमा फराकिलो मतान्तरले जितेका उनी त्यही नतिजा दोहोर्‍याउन सक्रिय छन्। त्यहाँको माहोल हेर्दा जित्न उनलाई त्यति समस्या देखिँदैन तर पहिलेकै मतान्तर कायम राख्न सक्छन् कि सक्दैनन् भन्ने सवाल उनीमाथि छ।

चार महिनाको अन्तरमा उनी सांसद मात्रै होइन, उपप्रधान तथा गृहमन्त्रीसमेत बनिसकेका छन्। त्यससँगै आएको नागरिकताको मुद्दाले उनको व्यक्तिगत क्रेजमा कति तलमाथि परेको छ, त्यसको मापन यो निर्वाचनबाट हुनेछ।

यसैगरी बारा- २ मा जसपा अध्यक्ष उपेन्द्र यादव पनि दोहोर्‍याएर चुनाव लड्दैछन्। यसअघि सप्तरी-२ मा तगारो बनेको जनमत पार्टी नै यसपल्ट पनि उनका लागि चुनौती बन्ने देखिन्छ। सत्ता गठबन्धनको साथ हुँदा पनि उनको जितको बाटो धमिलो बनेको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रपति पौडेल नै निर्वाचित भएको तनहुँ-१ मा कांग्रेसले विरासत जोगाउने सम्भावना क्षीण हुँदै गएको छ। सोही पार्टीमा सक्रिय स्वर्णीम वाग्लेको रास्वपा प्रवेशले कांग्रेसको गढमा यसपल्ट गडबढ हुने सम्भावना बलियो छ।

नैतिक संकटमा पर्न सक्छ गठबन्धन
यसरी हेर्दा सत्ता गठबन्धनले मंसिर ४ मा पाएको भन्दा दुई सिट गुमाउन सक्छ। त्यति गुमाउँदै अल्पमतमा त पर्दैन तर नैतिक संकट भने उत्पन्न हुनेछ। सत्ता गठबन्धनको लोकप्रियतामाथि नै प्रश्न उठ्ने भएकाले शीर्ष नेताहरु बारा-२ र तनहुँ- १ जोगाउन बढी सक्रिय छन्।

त्यही भएर सत्ता गठबन्धनको तर्फबाट प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका शीर्ष नेताहरु आफैं त्यहाँ पुगेर आश्वासनसमेत बाँडिरहेका छन्।

तनहुँ-१ मा कांग्रेसबाट उम्मेदवारी दिएका गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति देउवाले दिएका छन्। सत्ता गठबन्धनका तर्फबाट बुधबार तनहुँको डुम्रेबजारमा आयोजित भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले भन्न खोजेको कुरा शेरबहादुर देउवाजीले ‘उहाँ मन्त्री हुनुहुन्छ’ भन्नुभयो। म प्रधानमन्त्री छु। मन्त्री बनाउने मैले हो अहिले।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी बारामा पुगेर देउवाले ‘मधेशको सच्चा नेता उपेन्द्र’ भएको बताए। प्रचण्डले नागरिकताको समस्या समाधान हुने आश्वासन दिनुका साथै निजगढ विमानस्थल पनि बनाउने बताएका छन्। 

बिहीबार बाराको गढीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौं। त्यसैले नागरिकताको समस्या छिट्टै समाधान हुनेछ। नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो। यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ।’

उनले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने आश्वासन पनि दिएका छन्। उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौं। म तपाईंहरूसामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ। गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ। गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्धन गरिनेछ। कोभिडको बेला बन्द भएको नाका सुचारू गरिनेछ र विद्युतीय सिंचाइँ प्रणालीमार्फत् सिंचाइँको व्यवस्था गरिनेछ। उपेन्द्रजीको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनेछ।’

पार्टीहरुले बिहीबार अन्तिम चुनावी सभाहरु गरेका छन्। रातिदेखि मौन अवधि सुरु हुनेछ। उपनिर्वाचनको मतदान गर्ने दिन नजिकिदै गर्दा नयाँ दलहरु एक-एक सिट बढाएर आउने सम्भावना देखिँदैछ। जसले लामो समयदेखि शासन गरिरहेका पुराना दलहरुलाई ‘सच्चिने कि सकिने’ मध्य एक रोज्न जनाउ घन्टीसमेत बजाउनेछ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १९:५०
  • #सत्ता गठबन्धन
  • #उपचुनाव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानी नोक्सानी र क्षतिको विव... बुधबार, कात्तिक ११, २०८३
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी र कर्णाली याक्सका युनिश विक्रम ठकुरी रहेका छन् । नेपाली... बुधबार, कात्तिक ११, २०८३
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ? उनी अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा उनी सहभागी भए । बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ बुधबार, कात्तिक ११, २०८३
ग्यास किन्दा बिल अनिवार्य, निगमको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्