• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपनिर्वाचनमा प्रतिष्ठाको लडाइँमा सत्तागठबन्धन, प्रधानमन्त्रीले बाँडे आश्वासन

64x64
नवीन झा बिहीबार, वैशाख ७, २०८०  १९:५०
1140x725

काठमाडौं- तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन तीन दिन बाँकी छ। वैशाख १० मा हुने चितवन-२ बारा-२ र तनहुँ-१ को निर्वाचन सत्ता गठबन्धनका लागि प्रतिष्ठाको सवाल बनेको छ।

चितवन-२ यसअघि पनि गुमाएकै क्षेत्र भएका कारण सत्ता गठबन्धनका शीर्ष नेताहरुले बल त लगाएका छन् तर बारा-२ र तनहुँ- १ जति  जोड गरेका छैनन्। अन्य दुई निर्वाचन क्षेत्रमा भने प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफैं पनि सक्रिय छन्। दोस्रो तहका नेताहरु भने चुनाव घोषणादेखि नै फिल्डमा उत्रिएका छन्।

तीनवटै निर्वाचन क्षेत्रको प्रारम्भिक माहोल हेर्दा सत्ता पक्षका लागि अनुकुल छैन। चितवन-२ मा  र तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती दिइरहेको छ भने बारा-२ जनमत पार्टी अबरोधक बन्ने सम्भावना बलियो बन्दै गइरहेको छ।

सत्ता गठबन्धनमा दुई ठूला पार्टी कांग्रेस र माओवादीका साथै तीन अन्य दलहरु एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेर उम्मेदवार बनाएका छन्। त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, जसपा र रास्वपाले आ-आफ्नै उम्मेदवार मैदानमा उतारेका छन्।

मंसिर ४ मा दलहरुले प्राप्त गरेको मतको योगफल निकाल्दा चितवन-२ बाहेकका क्षेत्रमा सत्ता गठबन्धन भारी मतले अन्य दलका उम्मेदवार भन्दा अघि हुनुपर्ने देखिन्छ। तर, संकेत त्यस्तो देखिरहेको छैन। तिनवटै निर्वाचन क्षेत्रमा नयाँ दल रास्वपा र जनमत पार्टीले सत्ता गठबन्धनले पाएको मतको योगफलको यसपल्ट फल प्राप्त नहुनेतर्फ माहोल बनाइरहेका छन्।

दोहोर्‍याएर चुनाव लड्दै दुई पार्टी प्रमुख
नागरिकता विवादमा अदालतले सांसद पद खारेज गरेपछि रास्वपा सभापति रवि लामिछाने चितवन-२ मा दोहोर्‍याएर उम्मेदवार बनेका छन्। मंसिर-४ को निर्वाचनमा फराकिलो मतान्तरले जितेका उनी त्यही नतिजा दोहोर्‍याउन सक्रिय छन्। त्यहाँको माहोल हेर्दा जित्न उनलाई त्यति समस्या देखिँदैन तर पहिलेकै मतान्तर कायम राख्न सक्छन् कि सक्दैनन् भन्ने सवाल उनीमाथि छ।

चार महिनाको अन्तरमा उनी सांसद मात्रै होइन, उपप्रधान तथा गृहमन्त्रीसमेत बनिसकेका छन्। त्यससँगै आएको नागरिकताको मुद्दाले उनको व्यक्तिगत क्रेजमा कति तलमाथि परेको छ, त्यसको मापन यो निर्वाचनबाट हुनेछ।

यसैगरी बारा- २ मा जसपा अध्यक्ष उपेन्द्र यादव पनि दोहोर्‍याएर चुनाव लड्दैछन्। यसअघि सप्तरी-२ मा तगारो बनेको जनमत पार्टी नै यसपल्ट पनि उनका लागि चुनौती बन्ने देखिन्छ। सत्ता गठबन्धनको साथ हुँदा पनि उनको जितको बाटो धमिलो बनेको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रपति पौडेल नै निर्वाचित भएको तनहुँ-१ मा कांग्रेसले विरासत जोगाउने सम्भावना क्षीण हुँदै गएको छ। सोही पार्टीमा सक्रिय स्वर्णीम वाग्लेको रास्वपा प्रवेशले कांग्रेसको गढमा यसपल्ट गडबढ हुने सम्भावना बलियो छ।

नैतिक संकटमा पर्न सक्छ गठबन्धन
यसरी हेर्दा सत्ता गठबन्धनले मंसिर ४ मा पाएको भन्दा दुई सिट गुमाउन सक्छ। त्यति गुमाउँदै अल्पमतमा त पर्दैन तर नैतिक संकट भने उत्पन्न हुनेछ। सत्ता गठबन्धनको लोकप्रियतामाथि नै प्रश्न उठ्ने भएकाले शीर्ष नेताहरु बारा-२ र तनहुँ- १ जोगाउन बढी सक्रिय छन्।

त्यही भएर सत्ता गठबन्धनको तर्फबाट प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका शीर्ष नेताहरु आफैं त्यहाँ पुगेर आश्वासनसमेत बाँडिरहेका छन्।

तनहुँ-१ मा कांग्रेसबाट उम्मेदवारी दिएका गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति देउवाले दिएका छन्। सत्ता गठबन्धनका तर्फबाट बुधबार तनहुँको डुम्रेबजारमा आयोजित भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले भन्न खोजेको कुरा शेरबहादुर देउवाजीले ‘उहाँ मन्त्री हुनुहुन्छ’ भन्नुभयो। म प्रधानमन्त्री छु। मन्त्री बनाउने मैले हो अहिले।’

Xtrem

Xtrem

त्यसैगरी बारामा पुगेर देउवाले ‘मधेशको सच्चा नेता उपेन्द्र’ भएको बताए। प्रचण्डले नागरिकताको समस्या समाधान हुने आश्वासन दिनुका साथै निजगढ विमानस्थल पनि बनाउने बताएका छन्। 

बिहीबार बाराको गढीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौं। त्यसैले नागरिकताको समस्या छिट्टै समाधान हुनेछ। नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो। यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ।’

उनले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने आश्वासन पनि दिएका छन्। उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौं। म तपाईंहरूसामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ। गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ। गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्धन गरिनेछ। कोभिडको बेला बन्द भएको नाका सुचारू गरिनेछ र विद्युतीय सिंचाइँ प्रणालीमार्फत् सिंचाइँको व्यवस्था गरिनेछ। उपेन्द्रजीको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनेछ।’

पार्टीहरुले बिहीबार अन्तिम चुनावी सभाहरु गरेका छन्। रातिदेखि मौन अवधि सुरु हुनेछ। उपनिर्वाचनको मतदान गर्ने दिन नजिकिदै गर्दा नयाँ दलहरु एक-एक सिट बढाएर आउने सम्भावना देखिँदैछ। जसले लामो समयदेखि शासन गरिरहेका पुराना दलहरुलाई ‘सच्चिने कि सकिने’ मध्य एक रोज्न जनाउ घन्टीसमेत बजाउनेछ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १९:५०
  • #सत्ता गठबन्धन
  • #उपचुनाव

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले अपराह्न ४ बजे बन्दसत्र सुरु हु... बुधबार, असोज २१, २०८३
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले युवाहरू आन्दोलन र जेल जानसमेत तयार हुनुपर्ने बताएका हुन् । उनले अहिलेको राजनीतिक परिस्... बुधबार, असोज २१, २०८३
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबिच एकता भएपछि बस्न लागेको यो पहिलो बैठक हो । बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने बुधबार, असोज २१, २०८३
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्