काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समय निश्चित नभएको बताएकी छन्।
बिहीबार वैशाख ५ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन्।
उनले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित रहे पनि मिति भने तोकि नसकिएको बताइन्। भ्रमणका क्रममा प्रधानमन्त्रीले राख्ने विषयहरु मन्त्रालयहरुले प्राथमिकताका आधारमा सुझाव दिने उनको भनाइ छ।
उनले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्याका कुराहरु प्राथमिकतामा पर्ने पनि बताइन्। मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भइसकेपछि भारसँग छलफलका एजेण्डाहरु तय गर्ने पनि बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।