काठमाडौं- भेट्टाएको मोबाइलमा लगइन भएको सामाजिक सञ्जाल (फेसबुक, म्यासेन्जर)मार्फत युवतीको चरित्रहत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय साइबर ब्युरोले रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का २२ वर्षीय ओमप्रकाश महरालाई रोल्पाबाट पक्राउ गरेको हो। पक्राउ परेका महराविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
एक युवतीको मोबाइल हराएको थियो। उक्त मोबाइल महराले भेट्टाएका थिए। उक्त मोबाइलमा लगइन भएको ती युवतीको सामाजिक सञ्जाल अश्लिल शब्द तथा फेटा, भिडिओहरु पोस्ट गर्ने म्यासेन्जरमार्फत युवतीकै दाइलाई अश्लिल भिडिओ पठाउनेको गरेको पाइएको साइबर ब्युरोका एसपी तथा प्रवक्ता पशुपति रायले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।