काठमाडौं- अवैध लागुऔषध कोकिन १ किलो ८० ग्रामसहित दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले एक भारतीय र एक केन्या नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, अलिग्राहका ५१ वर्षीय रविन्द्रकुमार परासर र केन्याकी ६३ वर्षीया महिला पिलिसिला वाङ्जा दिरितु छन्।
बरामद कोकिन केन्याली महिला पिलिसिलाले इथियोपियाबाट दोहा हुँदै काठमाडौं ल्याइएको खुलेको छ। विमानस्थल पार गरेर ठमेलस्थित एक होटलमा उक्त कोकिन राखिएको थियो। भारत सप्लाई गर्न लागिएको उक्त कोकिन रिसिभ गर्न भारतीय नागरिक रविन्द्र पुगेका थिए। त्यसपछि प्रहरीले उनीहरु दुवै जनालाई कोकिनसहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।