काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार भएमा बजेटको कमी नहुने दाबी गरेका छन्।
उपनिर्वाचनका लागि बारा २ को चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त दाबी गरेका हुन्।
‘एमाले भयो भने बजेटको कमी हुँदैन। अहिले न मित्र राष्ट्रहरुले सहयोग गर्छन् न छिमिकीले सहयोग गर्छ न कसैले सहयोग गर्छ। पत्याउँदै पत्याउँदैनन् त। पैसा हातमा पर्यो कि झ्वाँम पार्छन् भन्ने हुन्छ। कस्ले दिन्छ पैसा। लगानी गर्ने तयारी छैन,’ अध्यक्ष ओलीले भने।
बैशाख १० को उपनिर्वाचनमा एमालेबाट पुरुषोतम पौडेलले प्रतिस्पर्धा गर्दैछन्। यो क्षेत्रबाट जसपाबाट अध्यक्ष उपेन्द्र यादव, र रास्वपाका रमेश खरेलले प्रतिस्पर्धा गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।