काठमाडौं– वैशाख १० गते हुने उपनिर्वाचनका लागि सत्तारुढ गठबन्धनले चुनावी प्रचार तीव्र पारेको छ। बारा २, चितवन २ र तनहुँ १ मा हुने उपनिर्वाचनका लागि मत माग्न गठबन्धन शीर्ष नेताहरु नै धाउन थालेका छन्।
बुधबार तनहुँ १ मा चुनावी सभा गरेको गठबन्धनले आज (बिहीबार) बारा र चितवनमा चुनावी सभा गर्दै छ। चुनावी सभालाई सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरु बारा र चितवन पुग्ने बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
शीर्ष नेताहरुले बिहीबार बारा र चितवनको चुनावी सभालाई सम्बोधन गर्नेछन्। लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा चुनावी सभा आयोजना गरेको छ।
गठबन्धनका तर्फबाट बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, चितवन २ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ १ मा नेपाली कांग्रेसका गोविन्द्र भट्टराई उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।