काठमाडौं– सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ।
सशस्त्र प्रहरीले बुधबार फेला पारी नदीबाट शव बाहिर निकालेको छ भने अन्य दुई जनाको खोजी कार्य जारी रहेको बताएको छ।
घटनाबारे जानकारी पाएपश्चात नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर र सुरक्षा बेस चतराबाट विपद् व्यवस्थापन (डिएम) तालिम प्राप्तसहितको टोलीले झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २० वर्षीय नविन न्यौपानेको शव नदीबाट बाहिर निकालेको हो।
न्यौपानेसहित मोरङ जिल्लाको उर्लाबारी नगरपालिका ७ बस्ने २० वर्षीय राजन गुरागाई र झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २२ वर्षीय रुद्र न्यौपाने बुधबार बिहान उक्त नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।
1681911412.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।