काठमाडौं– पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–६ पाखरटोल घर भई हाल काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारी रहेका छन्।
उनले वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु, त्यहाँ पुगेपछि राम्रो कम्पनीमा काम लगाइदिने भन्दै १० जना पीडितहरूबाट १५ लाख रूपैयाँ ठगी गरेको पाइएको छ।
वैदेशिक रोजगार विभागले भण्डारीलाई पक्राउ गरी उपस्थित गराउन भन्दै पत्राचार गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ताहाचलबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।