• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गठबन्धनका शीर्ष नेताहरु चुनावी अभियानमा केन्द्रित, तनहुँ र बारालाई विशेष जोड

64x64
नवीन झा बुधबार, वैशाख ६, २०८०  २०:५५
1140x725
बुधबार तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा गरिएको गठबन्धनको आमसभामा सहभागी गठबन्धन दलका शीर्ष नेताहरु। तस्बिर: रासस

काठमाडौं– बैशाख १० नजिकिँदै गर्दा उपनिर्वाचनको माहोल तात्दै गएको छ। अझ विशेषगरी सत्तारुढ गठबन्धनको तदारुकता बढी देख्न सकिन्छ। तनहुँ–१ र चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रियताका कारण गठबन्धनलाई उक्त क्षेत्रमा जित निकाल्न सकस देखिन्छ।

सोही कारण पनि गठबन्धनका तर्फबाट उठाइएका साझा उम्मेदवारको पक्षमा माहोल बनाउन सत्ता गठबन्धन दलहरु दत्तचित्त भएर लागिपरेका छन्। चुनावी अभियानकै लागि आज (बुधबार) पाँच दलका शीर्ष नेताहरु तनहुँ पुगेका छन्। 

तनहुँ–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका गोविन्द भट्टराई चुनावी मैदानमा होमिएका छन्। भट्टराईको पक्षमा गठबन्धन दलको सबै मत पार्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित, कांग्रेस र एकीकृत समाजवादीका नेताहरु चुनावी क्षेत्रमा पुगेका हुन्।

बुधबार तनहुँ पुगेका माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल  बिहीबार बारा–२ मा पनि जाँदैछन्। त्यहाँ पनि गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। उनको चुनावी सभालाई सम्बोधन गर्न र आ–आफ्ना दलका कार्यकर्ताको मत अन्यत्र जान नदिनका लागि शीर्ष नेता त्यहाँ जाने भएका हुन्। 

सत्ता गठबन्धनका तर्फबाट उपचुनाव हुने तीन क्षेत्रमध्ये तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई र चितवन–२ मा पनि कांग्रेसकै जितनारायण श्रेष्ठ छन् भने बारा–२ मा उपेन्द्र यादव। तनहुँ र चितवनमा रास्वपाको त्रास गठबन्धनलाई छ भने बारामा जनमत पार्टीका उम्मेदवारको। बारा–२ मा जनमतका उम्मेदवार यसअघि भएको निर्वाचनमा दोस्रो नम्बरमा थिए। त्यसैमाथि उपेन्द्रलाई हराउन जनमतका अध्यक्ष सिके राउत आफैं खटिएका छन्। 

Ncell 2
Ncell 2

यद्यपि चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका रास्वपा र जनमतले हाल सरकारलाई दिएको समर्थन भने कायमै राखेका छन्। मन्त्रालयको भागबण्डा नमिल्दा संघीय सरकारबाट बाहिरिए पनि प्रदेश सरकारमा भने जनमत सहभागी नै छ। तर पनि सरकारलाई समर्थन भएका दलका उम्मेदवारबाटै उपनिर्वाचनमा सबैभन्दा बढी ‘थ्रेट’ देखिएको छ। चितवन–२ का उम्मेदवार रास्वपाका सभापति रवि लामिछाने यसअघिको निर्वाचनमा भारी मतान्तरका साथ विजयी भएका थिए। अहिले पनि उनको माहोल उस्तै छ। 

यता तनहुँ–१ मा पनि कांग्रेस त्याग्दै रास्वपाबाट उम्मेदवार बनेका स्वर्णीय वाग्लेको पक्षमा पनि माहोल बन्दै गएको छ। यस्तोमा तनहुँका लोकप्रिय नेता गोविन्दराज जोशीको समर्थनले गठबन्धनका उम्मेदवारलाई झनै चुनौती थपेको छ। त्यसै कारण पनि आफ्ना उम्मेदवारको पक्षमा माहोल बनाइदिन प्रधानमन्त्रीसहित शीर्ष नेताहरु नै चुनावी अभियानमा खटिउका हुन्। 

अघिल्लो चुनावमा एक अर्कालाई पूर्ण रुपमा सहयोग नभएको र अन्तर्घात भएको समीक्षा गरेका दलहरुले यसपटक पनि सोही हुन्छ कि भनेर मत एकत्रित गर्न लागिपरेका छन्। केही दिनअघि नै आ–आफ्ना पार्टी पंक्तिलाई पत्र लेख्दै शीर्ष नेताहरुले गठबन्धनका उम्मेदवारलाई मत दिन निर्देशन दिइसकेका छन्।

उसो त गठबन्धनका दलहरुले यसअघि नै चुनावी क्षेत्रमा दोस्रो तहका नेताहरु खटाइसकेका छन्। उनीहरुको सुझावपछि नै शीर्ष नेताहरु चुनावी सभाका लागि दौडिएका हुन्। यस्तै पाँचै दलले आफ्ना पार्टीका युवादेखि विद्यार्थी संगठनहरु र जिल्लास्तरका नेताहरुलाई एकीकृत रुपमा परिचालन गरेका छन्। 

पाँच दलभित्रैबाट मत काटिने सम्भावना देखिएपछि बारा र तनहुँमा शीर्ष नेताहरु नै बढी लागिपरेका हुन्। चितवनमा भने जितनारायणले जित्नेमा शीर्ष नेताहरु आफैं विश्वस्त छैनन्। यसअघि भारी मतान्तरसहित लामिछानेले जितेको र यसपटक पनि माहोल उनकै पक्षमा देखिएकाले त्यहाँ त्यति दु:ख नगर्ने मनस्थितिमा शीर्ष नेताहरु देखिएका छन्।

तै पनि महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहित उपसभापति धनराज गुरुङ र नेता प्रकाशमान सिंह केही दिनदेखि खटिरहेका छन्। महान्त्रीद्वय त मनोनयन दर्ता हुँदादेखि नै खटिरहेका छन्। तनहुँमा भने यसअघि निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन्। अघिल्लो निर्वाचनमा जितेकाले पनि यसपटक बढी जोड त्यहाँ दिइएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  २०:५५
  • #उप–निर्वाचन
  • #गठबन्धन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग एमाले ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संवैधानिक सङ्कटमा द... शनिबार, माघ १७, २०८२
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र देशभर परिचालन गर्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले सङ्गठनलाई निर्वाचनमा प्रभावकारी रूपम... शनिबार, माघ १७, २०८२
ताजा समाचारसबै
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१५ जिल्लाको मतपत्र छपाइ सकियो आइतबार, माघ १८, २०८२
सर्लाहीमा सवारी दुर्घटना: छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते आइतबार, माघ १८, २०८२
भारतमा निपाह भाइरस फैलिएपछि नेपालमा परीक्षण निर्देशिका जारी आइतबार, माघ १८, २०८२
इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ३२ प्यालेस्टिनीको मृत्यु आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
बालेनलाई ओलीको कटाक्ष : बतासका खेती गरिरहेका छन् शनिबार, माघ १७, २०८२
भारतमा निपाह भाइरस फैलिएपछि नेपालमा परीक्षण निर्देशिका जारी आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्