• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गठबन्धनका शीर्ष नेताहरु चुनावी अभियानमा केन्द्रित, तनहुँ र बारालाई विशेष जोड

64x64
नवीन झा बुधबार, वैशाख ६, २०८०  २०:५५
1140x725
बुधबार तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा गरिएको गठबन्धनको आमसभामा सहभागी गठबन्धन दलका शीर्ष नेताहरु। तस्बिर: रासस

काठमाडौं– बैशाख १० नजिकिँदै गर्दा उपनिर्वाचनको माहोल तात्दै गएको छ। अझ विशेषगरी सत्तारुढ गठबन्धनको तदारुकता बढी देख्न सकिन्छ। तनहुँ–१ र चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रियताका कारण गठबन्धनलाई उक्त क्षेत्रमा जित निकाल्न सकस देखिन्छ।

सोही कारण पनि गठबन्धनका तर्फबाट उठाइएका साझा उम्मेदवारको पक्षमा माहोल बनाउन सत्ता गठबन्धन दलहरु दत्तचित्त भएर लागिपरेका छन्। चुनावी अभियानकै लागि आज (बुधबार) पाँच दलका शीर्ष नेताहरु तनहुँ पुगेका छन्। 

तनहुँ–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका गोविन्द भट्टराई चुनावी मैदानमा होमिएका छन्। भट्टराईको पक्षमा गठबन्धन दलको सबै मत पार्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित, कांग्रेस र एकीकृत समाजवादीका नेताहरु चुनावी क्षेत्रमा पुगेका हुन्।

बुधबार तनहुँ पुगेका माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल  बिहीबार बारा–२ मा पनि जाँदैछन्। त्यहाँ पनि गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। उनको चुनावी सभालाई सम्बोधन गर्न र आ–आफ्ना दलका कार्यकर्ताको मत अन्यत्र जान नदिनका लागि शीर्ष नेता त्यहाँ जाने भएका हुन्। 

सत्ता गठबन्धनका तर्फबाट उपचुनाव हुने तीन क्षेत्रमध्ये तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई र चितवन–२ मा पनि कांग्रेसकै जितनारायण श्रेष्ठ छन् भने बारा–२ मा उपेन्द्र यादव। तनहुँ र चितवनमा रास्वपाको त्रास गठबन्धनलाई छ भने बारामा जनमत पार्टीका उम्मेदवारको। बारा–२ मा जनमतका उम्मेदवार यसअघि भएको निर्वाचनमा दोस्रो नम्बरमा थिए। त्यसैमाथि उपेन्द्रलाई हराउन जनमतका अध्यक्ष सिके राउत आफैं खटिएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यद्यपि चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका रास्वपा र जनमतले हाल सरकारलाई दिएको समर्थन भने कायमै राखेका छन्। मन्त्रालयको भागबण्डा नमिल्दा संघीय सरकारबाट बाहिरिए पनि प्रदेश सरकारमा भने जनमत सहभागी नै छ। तर पनि सरकारलाई समर्थन भएका दलका उम्मेदवारबाटै उपनिर्वाचनमा सबैभन्दा बढी ‘थ्रेट’ देखिएको छ। चितवन–२ का उम्मेदवार रास्वपाका सभापति रवि लामिछाने यसअघिको निर्वाचनमा भारी मतान्तरका साथ विजयी भएका थिए। अहिले पनि उनको माहोल उस्तै छ। 

यता तनहुँ–१ मा पनि कांग्रेस त्याग्दै रास्वपाबाट उम्मेदवार बनेका स्वर्णीय वाग्लेको पक्षमा पनि माहोल बन्दै गएको छ। यस्तोमा तनहुँका लोकप्रिय नेता गोविन्दराज जोशीको समर्थनले गठबन्धनका उम्मेदवारलाई झनै चुनौती थपेको छ। त्यसै कारण पनि आफ्ना उम्मेदवारको पक्षमा माहोल बनाइदिन प्रधानमन्त्रीसहित शीर्ष नेताहरु नै चुनावी अभियानमा खटिउका हुन्। 

अघिल्लो चुनावमा एक अर्कालाई पूर्ण रुपमा सहयोग नभएको र अन्तर्घात भएको समीक्षा गरेका दलहरुले यसपटक पनि सोही हुन्छ कि भनेर मत एकत्रित गर्न लागिपरेका छन्। केही दिनअघि नै आ–आफ्ना पार्टी पंक्तिलाई पत्र लेख्दै शीर्ष नेताहरुले गठबन्धनका उम्मेदवारलाई मत दिन निर्देशन दिइसकेका छन्।

Xtrem
Xtrem

उसो त गठबन्धनका दलहरुले यसअघि नै चुनावी क्षेत्रमा दोस्रो तहका नेताहरु खटाइसकेका छन्। उनीहरुको सुझावपछि नै शीर्ष नेताहरु चुनावी सभाका लागि दौडिएका हुन्। यस्तै पाँचै दलले आफ्ना पार्टीका युवादेखि विद्यार्थी संगठनहरु र जिल्लास्तरका नेताहरुलाई एकीकृत रुपमा परिचालन गरेका छन्। 

पाँच दलभित्रैबाट मत काटिने सम्भावना देखिएपछि बारा र तनहुँमा शीर्ष नेताहरु नै बढी लागिपरेका हुन्। चितवनमा भने जितनारायणले जित्नेमा शीर्ष नेताहरु आफैं विश्वस्त छैनन्। यसअघि भारी मतान्तरसहित लामिछानेले जितेको र यसपटक पनि माहोल उनकै पक्षमा देखिएकाले त्यहाँ त्यति दु:ख नगर्ने मनस्थितिमा शीर्ष नेताहरु देखिएका छन्।

तै पनि महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहित उपसभापति धनराज गुरुङ र नेता प्रकाशमान सिंह केही दिनदेखि खटिरहेका छन्। महान्त्रीद्वय त मनोनयन दर्ता हुँदादेखि नै खटिरहेका छन्। तनहुँमा भने यसअघि निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन्। अघिल्लो निर्वाचनमा जितेकाले पनि यसपटक बढी जोड त्यहाँ दिइएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  २०:५५
  • #उप–निर्वाचन
  • #गठबन्धन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएपछि मत गणना सुरु गरिएको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए। शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरेका हुन् । शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले प्रशासनलाई कानुनअनुसार चल्न नदिई आदेश पालकका रूपमा सीमित गर्न खोजेको... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्