काठमाडौं- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं ठगी भएको भन्दै थप १० जनाले प्रहरीमा जाहेरी दिएका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप १० जनाले जाहेरी दिएको उक्त कार्यालयका प्रवक्ता तथा एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। हाल जाहेरी दिएका १० जना पीडितबाट मात्रै ५ करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको पाइएको छ।
उक्त उजुरीसहित पीडितहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ। यो ठगी प्रकरणमा नेतादेखि मन्त्रीसम्म जोडिएको भन्दै पक्राउ परेकाहरुले बयानसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।