काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लैजान त्रिवि शिक्षण अस्पतालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ। राष्ट्रपति पौडेललाई एम्बुलेन्समार्फत् विमानस्थल लगिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्री एयरको विमानमार्फत् पौडेललाई भारत लैजाने तयारी भएको राष्ट्रपति भवन शीतलनिवास स्रोतले जानकारी दिएको छ।
राष्ट्रपति पौडेललाई छातीको संक्रमण देखिएको छ। लामो समय औषधि सेवन गर्दा पनि छातीको समस्यामा सुधार नदेखिएपछि चिकित्सकहरुले थप परीक्षण र उपचारका लागि भारत लैजान सुझाव दिएका हुन्।
राष्ट्रपति पौडेल फलोअपका लागि भन्दै सोमबार त्रिवि शिक्षण अस्पताल पुगेर फर्किएका थिए। छातीको समस्या थप बल्झिएपछि उनी मंगलबार अस्पताल भर्ना भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।