काठमाडौं– प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्ने संवैधानिक परिषद् बैठक जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा दलका नेता केपी शर्मा ओली र उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का सहभागी छन्।
बैठकले प्रधानन्यायाधीश नियुक्तिका सन्दर्भमा निर्णय गर्ने बताइएको छ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध २०७८ फागुनमा महाभियोग प्रस्ताव दर्ता भएपछि न्यायालय नेतृत्वविहीन अवस्थामा छ। १४ महिनादेखि प्रधानन्यायाधीश नियुक्त नभएपछि पछिल्लो समय कानुन व्यवसायी र सरोकारवालाहरुले प्रधानन्यायाधीश नियुक्तिको विषयमा ध्यानाकर्षण गराउँदै आएका थिए।
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।