काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।
बुधबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन्। राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
राष्ट्रपतिको उपचार जारी रहेको र उनको अवस्था आत्तिहाल्नुपर्ने खालको नरहेको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ।
पौडेलको उपचारमा संलग्न चिकित्सकहरुले पौडेलको थप परीक्षण तथा उपचारका लागि भारत लैजान उपयुक्त हुने सल्लाह दिएको तिमिल्सिनाको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।