काठमाडौं– पूर्वी चीनको झेजियाङ प्रान्तको जिन्हुआ सहरमा रहेको एउटा कारखाना भवनमा सोमबार दिउँसो आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ।
सरकारी समाचार एजेन्सी (सिन्ह्वा)का अनुसार वुई काउन्टीको औद्योगिक क्षेत्रमा रहेको भवनको तेस्रो तल्लामा दिउँसो २:०४ बजे आगलागी मानिसहरू त्यहाँ फसेको र आगलागीमा परेको बताइएको छ।
दुई राउण्ड खोजी र उद्धारपछि मङ्गलबार बिहान करिब ४ बजे मृत्यु हुनेको पुष्टि भएको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।