काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ।
मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मी पत्रकारलाई समाचार संकलन सहज र व्यवस्थित गर्न तयार भएको मिडिया सेन्टर आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सुरुवात गरेकी हुन्।

प्रवक्ता शर्माले बैठक कक्षसँगै रहेको स्टुडियोबाट मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मिडिया सेन्टरमा रहेका सञ्चारकर्मीसँग प्रत्यक्ष दोहोरो सम्वाद गरिन्।
मिडिया सेन्टरमा सञ्चारकर्मी तथा पत्रकारसँग प्रधानमन्त्री कार्यालयमा रहेको स्टुडियोबाट दोहोरो सम्वादको व्यवस्था मिलाइएको छ भने सञ्चार माध्यमका लागि भिडियो सामग्री तत्काल उपलब्ध हुने भएको छ।
त्यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा पनि यसअघि नै सञ्चारकर्मीको सुविधाका लागि मिडिया सेन्टर सञ्चालनमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।